नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. मुकुन्द दाहालको निधन
काठमाडौँ : नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ । दाहालको गएराति २ः०० बजे वि।पी स्मृत अस्पताल बसुन्धरा काठमाडौंमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ ।
डा। दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका थिए । उनी विगत केही समयदेखि बिरामी भई असक्त भएका थिए ।
संघले एक विज्ञप्ति जारी गर्दै इमान्दार, लगनशील र प्रतिष्ठित चिकित्सक एवं संघका उपाध्यक्षलाई गुमाउन पुगेकोमा पुरणीय क्षति पुगेको जनाएको छ । उनको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।