११७ वर्षीय लामिछानेलाई मासिक १० हजार दिने गाउँपालिकाको निर्णय
नुवाकोट : ककनी गाउँपालिकाले ११७ वर्षीया बाटुली लामिछानेलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
उक्त गाउँपालिका ८ की ११७ वर्षीया लामिछानेलाई स्वास्थ्योपचरा तथा पोषण खाद्यपदार्थमा खर्च गर्नका लागि मासिक १० हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए ।
गत माघदेखि अध्यक्ष लामाले लामिछानेको नाममा मासिक ५ सय रुपैयाँ सहकारीमा जम्मा गरिँदै आइरहेका थिए ।
त्यसैलाई निरन्तरता दिँदै गाउँपालिकाले लामिछानेलाई आफ्नै जन्मदाता सम्झेर आर्थिक सहयोग गरेको अध्यक्ष लामाले बताए ।
‘गाउँमा यस्ता ज्येष्ठ नागरिक बिरलै भेटिन्छन् । उनीहरुको सम्मानमा यस्ता कार्यक्रम ल्याउनु हाम्रो कर्तव्य हो,’ अध्यक्ष लामाले भने, ‘हामीलाई हुर्काउन हाम्रा आमाबाहरुले कति कष्ट सहनुप¥यो । त्यसैले मूल्य तिर्न गाउँपालिकाले थोरै भए पनि आर्थिक सहयोग गर्न लागेको हो ।’ नागरिकबाट