Logo
१६ कार्तिक २०८१, शुक्रबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानले हामीलाई धोका दियो : श्री एयरलाइन्स

काठमाडौं : सोमबार साँझ धनगढीबाट काठमाडौं आउनुपर्ने श्री एयरलाइन्सको एएमओ नम्बरको जहाजको ढोका नखुलेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको कारण देखाउँदै अहिलेसम्म उक्त जहाज उडाउन अनुमति नदिएको श्री एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सका एक कर्मचारी भन्छन्, ‘ढोका नखुलेको खबर प्राप्त हुनासाथ काठमाडौंबाट इन्जिनियर पठायौं । टावरमा सोध्दा जहाजमा केही समस्या छैन भनेको छ । तर, क्यानले सुरक्षाको कारण देखाउँदै जहाज उडाउन अनुमति दिएको छैन् ।’ क्यानले पनि जहाजको ढोका नखुल्नुको कारणबारे बुझ्न धनगढी मान्छे पठाएको छ ।

एयरलाइन्सका कर्मचारीका अनुसार क्यानको मान्छे आज धनगढी पुगेका छन् । उनीहरुले इन्जिनियरले पेश गरेको कागजपत्र मात्र हेर्ने हो ।

यस विषयमा क्यानका डिजी सञ्जिव गौतमले प्यासेन्जरको सुरक्षाको कारण देखाउँदै उड्न नदिएको स्वीकार गरे । उनले भने, ‘टावरले जहाजमा समस्या छैन भन्दैमा उड्न अनुमति दिनुपर्ने भन्ने छैन् ।’

‘हिजो जहाजमा समस्या आएपछि एयरलाइन्सको इन्जिनियरसँगै हाम्रो मान्छेलाई लगेनन्,’ डिजी गौतमले भने, ‘त्यसैले आज हामीले हाम्रो मान्छे पठाएका छौं ।’ त्यहाँ पुगेर उनीहरुले जहाजबारे बुझेपछि जहाज उड्न आजपनि अनुमति दिने/नदिने निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्