पार्टी दार्ताका लागि निर्वाचन आयोगमा सिके राउतको निवेदन, फोरम-राजपा जस्तै झण्डा
काठमाडौ : जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी दार्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको दल दर्ताका लागि आज निवेदन दर्ता गराइएको सो पार्टीका केन्द्रीय सदस्य चन्द्रन सिंहले बताए ।
सो पार्टीले चुनाव चिन्ह अष्टदल प्रस्ताव गरेको छ, भने रातो र हरियाको बीचमा सेतो रंग राखिएको चारकुने झण्डा रहेको छ ।
यद्यपि, चुनाव चिन्ह पछि मात्र दिने आयोगले भनेको नेता सिंहले बताए ।
आयोगबाट पार्टीको मन्यता प्राप्त गरिसकेपछि पदाधिकारी चयन गर्ने र त्यसपछि मात्र महाधिवेशनको बारेमा मिति तोक्ने उनले बताए ।
स्वतन्त्र मधेशको माग राख्दै आन्दोलन गर्दै आएका सिके राउत सरकारसँग ११ बुँदे सम्झौता गरि मुलधारको राजनीतिमा आएका हुन् ।
मुलधारमा आएपछि उनले जनमत पार्टी बनाएर निर्वाचन आयोगमा दार्ताका लागि निवेदन दिएको हो ।