Logo
११ माघ २०८१, शुक्रबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारप्रति प्रचण्डले गरे आभार व्यक्त, भनेँ “पत्रकारकै कारण म यहाँसम्म आइपुगेको हुँ”

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नयाँ खुलासा गरे जसमा आफू अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेसकै रहेको बताएका छन् ।

आज आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पुर्‍याउने काममा प्रेसले गरेका सकारात्मक सहयोगकै कारण आफू अहिले शान्ति सम्झौता हुँदै यो अवस्थामा आइपुगेको बताए ।

‘हामीले उठाएका मुद्दाहरुलाई जनतासम्म पुर्याउने, हाम्रो मुख्य सन्देश आदानप्रदान गरिदिने जरिया पत्रकार महासघले ठूलो भूमिका नखेलेको भए म यहाँ हुने थिइनँ । यस अर्थमा म अहिले जहाँ छु पत्रकार र प्रेसकै कारण भएको हुँ,’ अध्यक्षले प्रचण्डले भने ।

‘हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दा उठाउँदा तपाईँहरुले साथ दिए । पत्रकार महासंघले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्तर्क्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो ।’ नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षषपत्र बुझ्दै अध्यक्ष प्रचण्डले भने ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्द रहेको पनि प्रचण्डले बताए । संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रा कुण्ठिन नहुने गरी कानुन निर्माणमा आफनो भूमिका रहने बताए ।

अहिले जेलनेल भोगेका र सवै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले उनले प्रेसको पक्षमा सरकार सकारात्मक रहने पनि विश्वास दिलाए । संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले अब कानुन बनाउने बेलामा पनि सम्वन्धित सरोकारवालासँग छलफल गरेरै गर्नुपर्ने बताए ।

‘पत्रकार महासंघको तर्फवाट तपाईँहरुले उठाउनु भएको कुरा जायज छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु । तपाईहरुका कुरा सरकारसमक्ष पुर्‍याउने र सम्भव हुने जति काम गर्न म पनि पहलकदमी लिन्छु ।’

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्