Logo
१० मंसिर २०८१, सोमबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारद्वारा २०७६ सालमा ६ दिन सार्वजनिक विदा

बुटवल : प्रदेश सरकारले २०७६ सालमा ६ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले ४ दिन प्रदेशका सबै जिल्लामा र २ दिन जातजाति तथा समुदाय अनुसार बिदा दिने निर्णय गरेको हो ।

बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते, प्रदेश स्थापना दिवशमा फागुन ३ गते प्रदेश सरकारले विदा दिनेछ । यस्तै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहको निर्णयअनुसार एक दिन र रमजानमा विदा दिइनेछ ।

बैठकले प्रदेश नम्बर ५ सरकारले विभिन्न प्रकृतिक विपदमा ज्यान गुमाएका ५१ जनाका हकवालालाई १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

बाढी डुवान, करेन्ट, आगालागी, खोलाले बगाएको, पहिरो, चट्टयाङ लगायतका विपतमा परी ज्यान गुमाएका परिवारका सदस्यहरुलाई राहत दिइनेसरकारका प्रबक्त्ता तथा भैतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्