Logo
११ माघ २०८१, शुक्रबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार

विराटनगर : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लवलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताएका छन् ।

विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गर्दै मन्त्री थापाले सो समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको बताएका हुन् ।

प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका मन्त्री थापाले भने, ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ’,

उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि उक्त अवसरमा प्रष्ट पारे । ‘विखण्डनकारी शक्ति ९सीके राउत० लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, कुनै बेलाका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाउँदै उनले भने ।

विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले दोहोर्‍याए । जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।

फरक प्रसंगमा उनले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको बताए । यसका लागि आवश्यक पूर्वाधार तयारीमा सरकार जुटेको उनको भनाइ छ । गृहमन्त्री थापाले राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध सुधारमा पनि सरकार सफल भएको दाबी गर्न भ्याए ।

 

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्