राष्ट्रपति भण्डारी चीनको सियानमा अवतरण, चिनीया उच्च अधिकारीद्वारा स्वागत
काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारी चीनको सियान पुगेकी छन् ।
राष्ट्रपति भण्डारीलाई चिनीया उच्च अधिकारी स्वागत गरेका थिए । दुई दिनमा सियानमा रहेर राष्ट्रपति भण्डारी शुक्रबार बेइजिङ पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन् ।
बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । चिनिया राष्ट्रपति सीले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ। सान्सी प्रान्तको राजधानी सियान हुँदै जाने राष्ट्रपतिले फर्कंदा ल्हासाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
एसियाबाट नेपालसहित पाकिस्तान, सिंगापुर, मलेसिया, थाइल्यान्ड, ब्रुनाई, कम्बोडिया, भियतनाम, म्यान्मार, युनाइटेड अरब इमिरेट्स सहभागी हुनेछन्। युरोपबाट रूस, इटाली, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, हंगेरी, सर्बिया, स्विजरल्यान्ड सहभागी हुनेछन्।