राज्यमन्त्रीले आफ्नै खर्चबाट गराए दलित परिवारकी छोरीको बिहे साथै बने अभिभावक
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री एवं उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले एक दलित समूदायको छोरीलाई आफ्नै खर्चबाट बिहे गराएका छन् ।
सिरहाको कल्याणपुर, प्रसाहीका कुशे मल्लिकका छोरी राधा मल्लिकको बिहे उनले आफ्नै खर्चमा गराएका हुन् । कुशे मल्लिकको आर्थिक अवस्था कमजोर भएको कारण उनलाई आफ्नो छोरीको बिहे गर्नमा समस्या भइरहेको अवस्थामा मन्त्री मण्डलले बिहेको सम्पूर्ण खर्च मात्र व्यहोरेनन्, उनले अभिभावकको भूमिका पनि निर्वाह गरे ।
मंगलबार भएको विहेमा राज्यमन्त्री आफै जन्तीलाई स्वागत गरेका थिए । बिहेको सम्पूर्ण कार्यक्रमको अवलोकन नर्गुको साथै दुल्हा–दुल्हीलाई आशिर्वाद पनि दिएका थिए ।
उनको विहेमा राज्यमन्त्री यादवले एकलाख रुपैयाँ खर्च गरेका छन् । वडा नम्बर ३ का अध्यक्ष अशोक मण्डलले चार आना सुन दिएका छन् ।