Logo
११ माघ २०८१, शुक्रबार
(April 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता : पूर्व प्रधानमन्त्री खनाल

इलाम : पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उनले जोड दिए ।

आज इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं को पार्षद् भेलामा पूर्व प्रम खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भमिका खेल्ने उल्लेख गरे । उनले लोकतन्त्रलाई बलियो बनाउनु, राष्ट्रियतामा आँच आउन नदिनु, सुशासन, दिगो विकास र सांस्कृतिक विषयवस्तुको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहनुभएका खनालले सुशासनबिना मुलुक अघि बढ्न नसक्ने भन्दै बन्द, हडताल र आतङ्कबाट समेत सबै त्रसित बनाउन बन्द गर्नुपर्ने बताए । अहिले मुलुकको लोकतन्त्रमाथि नै प्रश्न उठाउन थालिएको भन्दै उनले अब लोकतन्त्र टिकाउन लाग्नुपर्नेमा जोड दिए ।

उनले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै छिमेकी राष्ट्रसँग समेत समान व्यवहार गर्दै अघि बढ्नुपर्ने बताए । मुलुक स्वाधीन र स्वतन्त्र राष्ट्र भएको भन्दै हाम्रा भू–भाग र क्षेत्रफलका बारेमा आवाज उठाउन सक्नुपर्नेमा खनालले जोड दिए । ‘दिगो विकास नभएसम्म कुनै पनि हालतमा हामी समृद्धिको बाटोमा पुग्न सक्दैनौं’, उनले भने, ‘हामीले हाम्रा संस्कृतिको जर्गेनामा लाग्दै सुशासनको बाटोतर्फ लम्किनुपर्छ ।’

नेपाल पत्रकार महासङ्घ प्रदेश नंं-१ को अवसरमा पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रदेश सांसदसमेतको सहभागिता रहेको छ । महासङ्घको भेला भोलिसम्म चल्नेछ ।

प्रकाशित मिति: Apr 20, 2019

प्रतिक्रिया दिनुहोस्