Logo
१४ मंसिर २०८१, शुक्रबार
(April 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाबाट पनि मेगा बैंकको रेमीट सेवा

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो ।

यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ ।

मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

‘मेगा रेमीट’को सञ्जाललाई विश्वका बिभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ ।

प्रकाशित मिति: Apr 18, 2019

प्रतिक्रिया दिनुहोस्