Logo
११ माघ २०८१, शुक्रबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजा सहितको लोकतन्त्र स्थापनाका लागि राप्रपाद्वारा स्थानीय तह घेराउ

काठमाडौं : शान्तिपूर्ण जनसंघर्षको घोषणा गरी आन्दोलनमा होमिएको राप्रपाले बुधबार देशका विभिन्न स्थानीय तहमा १ घण्टा धर्ना दिएको जनाएको छ । हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत माग राख्द राप्रपाले धर्ना दिएको हो ।

राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष कमल थापा काठमाडौं महानगरपालिका, वरिष्ठ नेता दिपक बोहरा ललितपुर महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भक्तपुर नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देन झापाको भद्रपुर नगरपालिकामा आयोजित धर्ना कार्यक्रममा सहभागि भए ।

राप्रपाले अधिकांश स्थानीय तहमा प्रभावकारी धर्ना सञ्चालन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई खटाएको थियो । मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनसंघर्षका कार्यक्रममा सामान्य संशोधन र केही कार्यक्रम थप गरेको थियो ।

जसअनुसार बैशाख ४ र ५ गते २२ बुँदे माग आमजनतालाई जानकारी दिन घरदैलो कार्यक्रम, बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने र बैशाख ८ गते राजमार्ग र चोकहरुमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्