डुबिसकेको भनिएको यूटीएल अब जीएसएम प्रतिस्पर्धामा
काठमाडौं २१ भदौ । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले जीएमएस मोबाइल सहितको दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको छ । यसअघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा सञ्चालनका लागि अनुमतित पाइसकेका छन् ।
डेढ दशकअघि लिमिटेड मोबिलिटीको लाइसेन्स पाएको भारतीय लगानीको कम्पनी यूटीएल जीएसएम मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाउने चौथो कम्पनी भएको आजको कारोबार दैनिकमा समाचार छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सोमबार आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिइएको जानकारी दिँदै यसले मोबाइल सेवामा प्रतिस्पर्धा बढ्ने बताए ।
आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिने कम्पनीले जीएसएम प्रविधिको मोवाइल, सीडीएमए, एडीएसएल लगायतका सबै प्रकारका सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ ।