मोबाइलमा कुरा गरिरहेकी दुई युवति चट्याङ लागेर घाइते
बैतडी : बैतडीमा चट्यांग लागेर दुईजना घाइते भएका छन् । शनिबार साँझ परेको चट्यांग लागेर दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी १९ बर्षीया तुलसी रावत र सोही ठाउँका १९ बर्षीया ममता रावत घाइते भएका छन् ।
मोबाइलमा कुरा गरिरहेका बेला एक्कासी चट्यांङ पर्दा दुवै जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
घाइते दुवैको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था समान्य रहेको छ ।