Logo
११ मंसिर २०८१, मंगलबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व चर्चित रेस्लर जोन सिनाको ब्रेकअप, विवाह हुन ३ हप्तामात्रै बाकि हुँदा छुट्टिए

एजेन्सी :  जोन फेलिक्स एन्थोनी सिना (जन्म एप्रिल २३, १९७७) एक अमेरिकी रेस्लर, हिप-हप गायक र कलाकार हुन् । जोन सिना WWEको बाहिरी मुहार हुन्। उनी हाल डब्लु डब्लु इमा कार्यरत छन् र १६ पटक डब्लुडब्लुई विश्व बिजेता रहेका छन् ।

हालै हलिउडको एक चर्चित एवं प्रख्यात जोडीको ब्रेकअप भएको छ । हलिउडका चर्चित अभिनेता तथा रेसलर जोन सिनाले प्रेमिका निकी वेलासंग ब्रेकअप भएको घोषणा गरेका छन् । विवाहका लागि ठिक ३ हप्ता मात्रै बाकि रहँदा जोन सेनाले ब्रेकअप भएको जानकारि दिएका छन् । यो जोडी विगत ६ बर्षदेखि प्रेम सम्बन्धमा रहेको थियो । विवाह हुनुभन्दा केहि समय अगाडी मात्र यो जोडीको ब्रेकअप भएको हो ।

अमेरिकाको पत्रिका युएस विकलीले उनीहरुको ब्रेकअप भएको पुष्टि गरेको छ । जसमा लेखिएको छ ’यो फैसला गर्न हाम्रो लागि धेरै मुस्किल थियो । अलग भएपछि पनि हामि एक अर्कालाई माया अनि सम्मान गर्ने छौ । कृपया हामी जीन्दगीको कठिन घडिमा छौ, हाम्रो गोपनियताको सम्मान होस् ।’

जोन सिना र निकी वेलाले सन २००६ देखि डेट गर्न शूरु गरेका थिए । सन २०१७ मा उनीहरुको मग्नी समेत भएको थियो । जोनले ’Wrestlemania 33‘ को मञ्चमै निकीलाई प्रेम प्रस्ताव राखेका थिए ।

पछिल्लो महिना दिएको एक अन्तर्वार्तामा जोनले भनेका थिए ’सम्बन्धलाई अगाडि बढाउनका लागि धेरै प्रयास गर्नु पर्छ । सम्बन्ध मुस्किल हुन्छ, प्रेम गर्नु कहिल्यै सजिलो हुदैन । प्रेम सुन्दर र अनौठो हुन्छ । तर ६ बर्षको सम्बन्ध पछि मात्रै हामीलाई थाहा भयो कि प्रेम सजिलो हुदैन भनेर ।‘ उनले भनेका थिए ’बाकि जोडीहरु जस्तै हाम्रो लव लाइफमा पनि समस्या एवं मुस्किलहरु छन् । हाम्रा केहि समस्याहरु सार्वजनिक नै छन् तैपनि हामि काम गरिरहेकै हुन्छौ ।‘

’म कहिले निरास हुन्छु अनि महसुस गर्छु कि म निकी बिना बाच्न सक्दैन । हाम्रो भेट हुन कहिलेकाहि महिनौ लाग्छ ।‘ जोन र निकीको विवाह मे ५ मा हुने भनिएको थियो । तर विवाह हुनु भन्दा २० दिन अगाडी मात्रै यो जोडी अलग हुन पुग्यो । यो खबरले उनका फ्यानलाई निरास बनाएको छ । जोन निकीलाई निकै प्रेम गर्थे । यो जोडीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहन्छ । जोन-निकी बिचको प्रेम सम्बन्घ रेसलिङको संसारमा चर्चाको बिषय बनिरहन्छ ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्