Logo
२ माघ २०८१, बुधबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसममा पुन: परिर्वतन : शनिबारसम्म देशभर हावाहुरीसहित हिमपातको सम्भावना

काठमाडौं :  मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरी हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने जनाएको छ।

यस्तै पूर्वी भेगका १-२ स्थानमा मेघ गर्जनसहितको छिटपुट वर्षाको सम्भावना देखिएको छ। बिहीबार पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

देशको पूर्वी र मध्य भू- भागलगायत पश्चिमी पहाडी भू- भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू- भागहरुमा आंशिक बदली रहनेसमेत महाशाखाले जनाएको छ भने देशको पुर्वी र मध्य भू- भागका थोरै स्थानमा तथा पश्चिमी भू- भागका १-२ स्थानहरुमा मेघगर्जनका साथ हावाहुरीसहित क्षणिक वर्षाको सम्‍भावना रहेको जनाएको छ। महाशाखाका अनुसार शुक्रबारसम्मै देशका पहाडी भेगमा मौसम बदली रही हावाहुरीसहित हिमपात हुने जनाएको छ ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ शनिबार दिउँसो देशको अधिकांश भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन साथ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्‍भावना देखिन्छ। उच्च हिमाली भू- भागहरूका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्‍भावना देखिन्छ ।’

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्