Logo
५ मंसिर २०८१, बुधबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरबारबिहिनलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न अध्यक्ष दाहालकाे माग

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट कम्तिमा २७ जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । ‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु’ अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्