Logo
१३ मंसिर २०८१, बिहीबार
(March 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगानी सम्मेलनमा स्वदेशी लगानीकर्ताको भनाई : नेपालमा लगानी गर्न सहज छ

काठमाडौँ : राजधानीमा आयोजित लगानी सम्मेलनको आज अन्तिम दिन स्वदेशी लगानीकर्ताले लगानीका लागि नेपाल जस्तो सहज थलो अन्त नभएको दावी गरेका छन् । लगानीकर्ता भवानी राणा, उपेन्द्र महत्तो, पदम ज्योतीले लगानीको अवसर नेपालमा मात्रै प्राप्त हुने दावी गरेका हुन्।

भवानी राणाले नेपालमा लगानीका मुख्य पाँच आधार निर्माण भइसकेको भन्दै उनले ती आधारबारे व्याख्या समेत गरिन् । उनले नेपालको शान्ति प्रक्रिया सहजरुपमा टुंगिनु, संविधान निर्माण हुनु, स्थिर सरकार बन्नु, कानुनहरु संसोध हुनु र सुरक्षाको ग्यारेन्टी हुनुलाई लगानीका आधारका रुपमा प्रस्तुत गरेकी छन्।

उनले भनिन्,’ नेपाल अल्पविकसित मुलुक हो यहाँ लगानी सहज छ तर विकशित मुलुकमा लगानी गर्न सहज छैन त्यहाँ धरै नै प्रतिश्पर्धा छ ।’ लगानीकर्ता उपेन्द्र महत्तोले नेपालमा लगानी गरेमा त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने र प्रशासनतन्त्र पनि सकारात्मक तथा सहयोगी रहेको बताए ।

विदेशमा समेत लगानी गरिसकेका उनले ससाना चुनौति जुनसुकै मुलुकमा भएको भन्दै उनले नेपालमा लगानी अनुसार उपलब्धी पनि हाँसिल हुने बताए । उनले भने,‘नेपालमा लगानी गरेको चार पाँच वर्षमै नतिजा हाँसिल गरेको उदाहरणहरु छन् त्यसैले कुनै शंका विना लगानी अघि बढाउन आग्रह गर्छु ।’

प्रकाशित मिति: Mar 30, 2019

प्रतिक्रिया दिनुहोस्