नेपालमा १ अर्ब ३५ करोड डलर लगानी गर्ने आइएफसीको घोषणा
काठमाडौं : अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले एक अर्ब ३५ करोड डलर नेपालमा लगानी गर्ने जनाएको छ । नेपाल लगानी सम्मेलनमा सहभागी हुन आएका आइएफसी उपाध्यक्ष पिटर लेन्क्सले एक अर्ब ३५ करोड लगानी गर्ने योजनामा रहेको प्रतिक्रिया दिएका हुन् ।
उपाध्यक्ष लेन्क्सकाअनुसार अहिलेसम्म आइएफसीले नेपालमा ५० मिलियन डलर लगानी गरेको छ । उनले नेपालमा लगानी गर्न आइएफसी उदार भएको बताउँदै नेपालको निजी क्षेत्रलाई समेत तयार हुनको लागि आग्रह गरे ।
उनले निजी क्षेत्रलाई प्रतिस्पर्धामा आउनका लागि समेत आह्वान गरेका छन् निजी क्षेत्र प्रतिस्पर्धामा आउनुपर्छ, आफ्नो बजारलाई बन्द गर्नु भएन,’ लेन्क्सले भने,’ नेपालको निजी क्षेत्रले सामाजिक र पर्यावरणीय मानकलाई मान्नुपर्छ । एक डलर बराबर १०० रुपैयाँ आधार मान्दा यो रकम एक खर्ब ३५ अर्ब हुन आउँछ । अहिले भने एक डलर बराबर ११० रूपैयाँ रहेको छ ।