Logo
११ मंसिर २०८१, मंगलबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल अफगानिस्तानसँग २-० गोल अन्तरले पराजित

काठमाडौं : कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । २३ वर्षमुनिको एएफसी (यू-२३)च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो ।

यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५-० को हार व्यहोरेको थियो ।

अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले एक(एक गोल गरे । खेलको २४ औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरूवाती अग्रता दिलाए ।

त्यस्तै खेलको पहिलो हाफको ३४ औँ मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २-० को सहज जित दिलाए ।

त्यस्तै समूह ‘ए’बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट भएको छ ।

मंगलबार राति नै भएको कतार र ओमनबीचको खेल दुई(दुई गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्यिनसिपका लागि छनोट भएको हो ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्