Logo
२ माघ २०८१, बुधबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिशूली जलविद्युत्को आईपीओमा दोस्रो दिनमै करिब पाँच गुणा बढी आवेदन, सोमबार बन्द हुने

काठमाडौं : बिहीबारदेखि सर्वसाधारणका लागि जारी भएको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म करिब पाँच गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार ३ बजेसम्म कुल ३६ हजार ३८० जना आवेदकले १ करोड ७४ लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् ।

आयोजनाले कुल ३७ लाख ५ हजार कित्ता आईपीओ जारी गरेको हो । बिहीबार आवेदन खुला गरिएको यस कम्पनीको आईपीओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता सेयर खरिदको आवेदन दिएका थिए । प्रधानमन्त्रीको आवेदनले पनि नेपाली जनताले यस कम्पनीको आईपीओलाई बढी विश्वास गरेको विश्लेषकहरूको बुझाइ छ । ‘नेपालको पानी, जनताको लगानी हरेक नेपाली जलविद्युत्को सेयरधनी’ नाराका साथ अघि बढाइएका १९ आयोजनामध्ये आईपीओ बिक्री गर्ने यो पहिलो आयोजना हो ।

कुल ३७ लाख ५ हजार कित्तामध्ये कर्मचारीका लागि १ लाख ११ हजार १५० कित्ता संरक्षण गरी बाँकी ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि खुला गरेको हो । प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि यस कम्पनीको आईपीओ पहिलो चरणमा १० प्रतिशत मात्र लगानी गरेर सेयर खरिद गर्न पाइने व्यवस्था छ । बाँकी रकम भने आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गर्न सकिनेछ । यो सेयर खरिद गर्न चाहने लगानीकर्ताले छिटोमा ११ चैतसम्ममा आवेदन दिन सक्नेछन् ।

छिटो अवधिमा तोकिएबमोजिम आवेदन नपरे ढिलोमा ६ वैशाखसम्ममा न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन गर्न सकिने भए पनि पाँच गुणा बढी आवेदन परिसकेकाले छोटो अवधि एवं ११ चैतमा नै आवेदन बन्द हुनेछ । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

शुक्रबार ३ बजेसम्म कुल ३६ हजार ३८० जना आवेदकले १ करोड ७४ लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् । आयोजनाले कुल ३७ लाख ५ हजार कित्ता आईपीओ जारी गरेको हो । अहिले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजना निर्माणाधीन छ । यो आयोजना नुवाकोटको किस्पाङ गाउँपालिका र रसुवाको उत्तरगया गाउँपालिकामा पर्दछ ।

आयोजनाको लागत प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ रहने अनुमान छ । हाल १ अर्ब ४८ करोड २० लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सर्वसाधारणलाई आईपीओ जारीपछि १ अर्ब ५१ करोड ९० लाख ५० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ दशमलव १४ रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९३ दशमलव ४९ प्रतिसेयर नेटवर्थ पु¥याउने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्