Logo
१० माघ २०८१, बिहीबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाद्वारा तेस्रो संसद पनि अवरुद्ध, सरकारले सभामुखको रुलिङ नमानेको आरोप

काठमाडौं : आज (सोमबार) पनि राष्ट्रिय जनता पार्टी नेपालले लगातार भैरहेको तेस्रो संसद बैठक अवरुद्ध गरेको छ ।

टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठक अवरुद्ध गरेको हो । राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले सभामुखको रुलिङसमेत नमानेको बताए ।

तेस्रो पटक सम्म संसद अवरुद्ध गर्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न चासो नदेखाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक नभएसम्म बैठक चल्न नदिने झाले बताए । उनले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती गर्‍यो भन्ने विषय सार्वजनिक हुने बताए । सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको झाले आरोप लगाए ।

यो सँगै राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद लगातार अवरुद्ध गरेको तेस्रो पटक हो । राजपा नेपालका सांसदहरु सिटबाट उठिरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्