सुनको मूल्यमा गिरावट, तोलामा ५९ हजार ८०० मा कारोबार
काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।
आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५०० मा कारोबार भइरहेको छ । चाँदी भने आज तोलमा रु ७३० रहेको महासंघले जनाएको छ ।