आतंकी हमला : चर्चमा पनि फायरिंग, २७ जनाको मृत्यु
न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा कम्तीमा २७ जनाको ज्यान गएको छ । न्युजिल्याण्ड हेराल्डका अनुसार गोलीबारीमा २७ जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते छन् ।
घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ । हमलाकारी मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर उनको संलग्नता पुष्टि भएको छैन ।
न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको बताएका छन् । सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित छन् ।
Jacinda Ardern,NZ Prime Minister on shooting at a Mosque in Christchurch: This is one of New Zealand’s darkest days. It was an unprecedented act of violence. Police has apprehended a person, but I don’t have further details of him yet. pic.twitter.com/xzTHBjk4Xq
— ANI (@ANI) March 15, 2019
चर्चमा आक्रमण, ठूलो हताहती
न्युजिल्याण्डको क्राइस्ट चर्चमा अन्धाधुन्द गोली प्रहार गरेर एक हमलाकारी फरार भएका छन् । स्थानीय प्रहरीले उनी शहरमा छिरेकाले सुरक्षा अपनाउन चेतावनी दिएको छ ।
प्रत्यक्षदर्शीले स्थानीय मिडियालाई दिएको बयान अनुसार हमलामा ठूलो हताहती भएको छ । प्रहरीको चेतावनीपछि सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् ।
उक्त चर्च नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार मस्जिद भित्र रहेका धेरैलाई गोली लागेको छ ।
बंग्लादेशी क्रिकेट टीम सुरक्षित
न्युजिल्याण्डको क्राइस्ट चर्चमा भएको हमलामा त्यहाँ नजिकै रहेको बंग्लादेशी क्रिकेट खेलीहरु सुरक्षित छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित रहेको बताइएको छ ।
त्यहाँ अन्धाधुन्द गोली प्रहार गरेर एक हमलाकारी फरार भएका छन् । स्थानीय प्रहरीले उनी शहरमा छिरेकाले सुरक्षा अपनाउन चेतावनी दिएको छ । प्रत्यक्षदर्शीले स्थानीय मिडियालाई दिएको बयान अनुसार हमलामा ठूलो हताहती भएको छ ।
प्रहरीको चेतावनीपछि सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । प्रत्यक्षदर्शीका अनुसार मस्जिद भित्र रहेका धेरैलाई गोली लागेको छ । बंग्लादेशी क्रिकेट टीम अहिले न्युजिल्याण्ड भ्रमणमा छ ।
न्युजिल्याण्डमा रहेको बंग्लादेशी क्रिकेट टीमलाई फलो गरिरहेका एक पत्रकारले ट्वीट गरेका छन् ‘टीम हेगली पार्की नजिकै रहेको मस्जिदबाट सुरक्षित बचेर आएको छ यहाँ एक सक्रिय शूटर छ ।’
खेलाडी तमीम इकबालले ट्वीट गरेका छन्, ‘हाम्रो टीम सक्रिय शूटरबाट सुरक्षित बचेको छ ।’