सरकार-सीके राउतबीचको सम्झौताको विरोध गर्ने १६ अधिकारकर्मी सिंहदरबार अगाडिबाटै पक्राउ
काठमाडौं : सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका शान्ति समाजसम्बद्ध १६ जना मानवअधिकारकर्मीलाई प्रहरीले पक्रेको छ ।
सरकार-सीके राउतबीचको सहमतिको विरोधमा बुधबार सिंहदरबारअगाडि गरिएको प्रदर्शनकाक्रममा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडी, सो समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगरलगायत छन् ।