विप्लवलाई सुधारका लागि अन्तिम मौका आवश्यक, प्रतिबन्ध लगाउनु गलत
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सुधारका लागि सरकारले अन्तिम मौका दिनुपर्ने बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी राजनीतिक शक्ति भएकाले उनीहरुलाई सुधारका लागि सरकारले अन्तिम मौका दिनुपर्ने र प्रतिबन्ध लगाउने निर्णय लिनु ठिक नभएको भट्टराईले बताए् ।
संयोजक भट्टराईले राष्ट्र बिखण्डनमा लागि परेको सिके राउतसँग सहमति गरेको सरकारले चन्द नेतृत्वको नेकपालाई एकैचोटी प्रतिबन्ध लगाउने निर्णय लिनु संगतिपूर्ण नभएको बताए ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौधरीलाई जन्म कैद दिने अदालतको निर्णयप्रति पनि असन्तुष्टि जनाए ।