Logo
१६ कार्तिक २०८१, शुक्रबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुवान गुइडोको ‘कू’ को प्रयास असफल, तर माडुरोले दिए सेनालाई धन्यवाद

भेनुजुएलाका राष्ट्रपति निकोलास माडुरोले सेनालाई आफूसँग वफादार रहेर अमेरिका र विपक्षी नेता हुवान गुइडोको ‘कू’ को प्रयासलाई असफल बनाएको भन्दै धन्यवाद दिएका छन् । एक र्यालीलाई सम्बोधन गर्दै माडुरोले भेनेजुएलामा भइरहेको विद्युत कटौतीमा विपक्षीले गरेको साइबर हमला जिम्मेवार रहेको पनि आरोप लगाए ।

सरकार समर्थक र विपक्षीहरुले विरोधका कार्यक्रम आयोजना गरिरहँदा मोडुरोले सो कुरा बताएका हुन् । राजधानी काराकासमा भने गुइडोका समर्थक र प्रहरीबीच झडप भएको थियो ।

गत जनवरी २३ मा गुइडोले आफूलाई देशको राष्ट्रपति घोषणा गरे पनि माडुरोले सेना, रसिया र चीनको समर्थन पाएका छन् । राष्ट्रपति भवन सामुन्ने आयोजित सभालाई सम्बोधन गर्दै माडुरोले गुइडोलाई ‘कठपुतली’को पनि संज्ञा दिए ।

‘उनीहरुले सेनालाई आह्वान गरेर सैनिक कू गर्न चाहन्थे तर उनीहरुको जवाफ स्पष्ट थियो -उनीहरुले ‘कू’का योजनाकारहरुलाई परास्त गरेका छन्,’ उनले भने । यता, विपक्षीहरुको र्यालीलाई सम्बोधन गर्दै गुइडोले आफू देशव्यापी दौडाहामा जाने र समर्थकहरुलाई काराकासमा हुने विरोध र्यालीमा आउन आह्वान गर्ने बताए ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्