२४ घण्टाका लागि प्रधानमन्त्री ओलीलाई अस्पतालमै राखिने
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिने भएको छ ।
पछिल्लो समय दौडधुप बढि हुँदा थकान महसुस हुने समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीलाइ २४ घण्टाका लागि अस्पतालमै राखिएकोे उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी बताए ।
नियमित स्वास्थ्य जाँचका लागि बैंकक जानु पर्ने समय भए पनि उता जानुको साटो यहिँ स्वास्थ्य परीक्षण गर्नका लागि प्रधानमन्त्रीलाई अस्पतालमा राखिएको डा। सायमीले बताए ।
उनले भने, ‘प्रधानमन्त्री ज्यूलाई अहिले त्यस्तो खास समस्या केही होइन । दौडधुप बढि भएकाले थकान महसुस भएको छ । यस्तै हामीले आवश्यक सबै डाक्टरको व्यवस्था गरि उहाँको नियमित स्वास्थ्य परीक्षण पनि यहिँ गर्ने भएकाले सजिलोका लागि अस्पतालमा राखिएको हो ।’
डा। सायमीले अघि भने, ‘परीक्षणका लागि रगतको नमूना लिने काम भएको छ । यस्तै एक्स-रे सहित आवश्यक परीक्षणका काम भइरहेका छन् । बिहीबार बिहानसम्म सबैको रिपोर्ट आउँछ ।’ प्रधानमन्त्री ओलीको सबै परीक्षण गर्नु पर्ने भएकाले सजिलोका लागि मात्रै उनलाई अस्पताल राखिएको डा. सायमीले बताएका छन् ।