Logo
५ मंसिर २०८१, बुधबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीलाई गुटमुक्त बनाउन देउवाले मागे सहयोग, मुलुकलाई नियन्त्रणमा राख्न खोजेको आरोप

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मुलुकको हरेक क्षेत्रलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो ७३ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले मुलुकको हरेक क्षेत्रलाई नियन्त्रणमा राख्न खोजेको भन्दै चर्को आलोचना गरेका हुन् ।

सोहि क्रममा सभापति देउवाले आफूले पार्टीलाई गुट, उपगुटबाट मुक्त बनाउन चाहेको पनि बताए । उनले पार्टीलाई गुटमुक्त बनाउन सहयोग गरिदिन महामन्त्री डा. शशांक कोइरालालाई पनि आग्रह गरे । आफूले सबैको सहयोगमा सभापति बनेको उल्लेख गर्दै उनले पार्टी भित्रको गुटउपगुटले कसैलाई पनि फाइदा नपुर्याउने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र एकता कायम गर्न न्याय, निष्पक्ष र पारदर्शी व्यवहार गर्न सभापति देउवासँग माग गरे । उनले एक पक्षीय ढंगले पार्टी नेतृत्वले पेलेर जाने काम गरेकाले पार्टी भित्र विभिन्न गुट जन्मने गरेको दावी समेत गरे । नेता पौडेलले प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको प्रतिक बन्न खोजिरहेको आरोप समेत लगाए ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्