Logo
५ मंसिर २०८१, बुधबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा समर्थन, मन्त्रिमण्डल पुनःगठनको तयारी र हात-हतियारबारे मलाई थाह छैन : प्रचण्ड

विराटनगर : नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् । प्रदेश १ को राजधानी विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रष्ट पारे ।

सङ्घीय समाजवादी फोरमसँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन आवश्यक समयमा गरिने अध्यक्ष प्रचण्डको धारणा थियो । उनले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा सहभागी गराउने विषयमा कुनै निर्णय नभएको जानकारी दिए । “राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा कुनै जानकारी आएको छैन”, उनले भने ।

पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए । “वर्तमान सरकारले गियर परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निमार्ण घोषणाले पनि सरकारले गति लिएको प्रष्ट हुुन्छ”, उनले भने, “विकास निर्माण र समृद्धिको जनताको सपना पूरा गर्न सरकार सफल हुुनेछ ।”

उनले दुुवै पार्टीको एकिकरण कार्य अन्तिम चरणमा पुुगेकाले त्यसलाई टुङ्गो लगाउन मात्र बाँकी रहेको प्रष्ट पारे । उनले अतिवादीलाई राजनीतिक र सरकारी संयन्त्रमार्फत नियन्त्रणमा ल्याउने विचार व्यक्त गरे । शान्ति प्रक्रियामा सहभागी भइसकेको नेकपा (माओवादी) ले हातहतियार व्यवस्थापन गरिसकेको अवस्थामा अहिले त्यो बेलाको हातहतियार कसरी कहाँबाट आयो भन्नेकुरा थाहा नभएको उहाँले प्रष्ट पारे ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ विराटनगर आउँदा विमानस्थलमा स्वागत गर्दै । तस्वीर : मनोज दाहाल, विराटनगर
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ विराटनगर आउँदा विमानस्थलमा स्वागत गर्दै । तस्वीर : मनोज दाहाल

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ विराटनगर आउँदा विमानस्थलमा स्वागतका प्रदेश नं १ का मन्त्रीद्वय, संयीय सांसदद्वयहरु । फोटो ; मनोज दाहाल

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्