Logo
५ मंसिर २०८१, बुधबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोको स्वकीय सचिव राजेश ६ महिना अघि नै भ्रष्टाचार आरोपमा निकालिएका कर्मचारी

काठमाण्डौ : राष्ट्रिय जनता पार्टी नेपालका एक जना अध्यक्ष तथा सांसद राजेन्द्र महतोले आफनो फर्जी हस्ताक्षर गरेर संसद सचिवालयबाट पैसा झिकेको भन्दै आरोप सहित आइतबार सार्वजनिक भएको समाचारमा राजपाले आपत्ती जनाएको छ ।

स्वकीय सचिव भनिएका राजेश चौधरी ६ महिना अगाडी नै भ्रष्टाचार आरोपमा निकालिएको कर्मचारी भएको राजपाले स्पष्ट पारेको हो । राजपा प्रवक्ता सन्तोष मेहताले महतोको स्वकीय सचिव चौधरी नभई बिन्दकिसोर साह रहेको बताएका हुन् ।

‘भ्रष्टाचारको आरोपमा करिब ६ महिना पहिला राजपा केन्द्रिय कार्यालयबाट निकालिएका एक जना पुर्व कर्मचारीले आफुलाइ राजपा अध्यक्ष मण्डल माननीय राजेन्द्र महतो ज्युका पिए रहेको भनी समाजिक संजालमा श्रदेय नेता ज्युको विरुद्धमा निराधार तथानाम लेखेको प्रती गम्भीर ध्यानाकर्षण भएको छ ।’

मेहताले प्रतिकृया दिदै आफ्नो फेसबुक वालमा लेखेका छन् ‘मधेस आन्दोलनका नायक आदरणीय राजेन्द्र महतोको बारेमा सरकारसंग जोडिएर लेखिएका विषयको अहिले रतिभर पनि तारतम्य रहेको छैन, सिबाय ती पुर्व कर्मचारीको रहेको आर्थिक गतिविधिमा हालीमुहालीबाट अलग हुनुको पीडा बाहेक ।’

संसद सचिवालयबाट जारी बिन्दकिशोरको नाममा रहेको परिचयपत्रमा जारी मिति र बाहल मितिलाई मेटाइएको उक्त फोटो राख्दै मेहताले भनेका छन् ‘आदरणीय नेताजीको बारेमा लेखिएका त्यस्ता फतुर कुरा कसैले पत्याउनेबाला पनि छैन, त्यसैले यस्ता घिनलाग्दो कुरा सामाजिक संजालमा लेखेर उनका र उक्साउने उनका आकाका आफ्नो फोहर अनुहार पनि उदाङिएको छ । स्मरण रहोस माननीय राजेन्द्र महतोको स्वकीय सचिव बिन्दकिशोर साह हुन ।’

राजपाले यसअघि पार्टी कार्यालयमा आर्थिक अनियमितता भएको भन्दै रविन्द्र चौधरी राजेश सहित सबै कर्मचारीहरुलाई अवकास दिएको थियो । यद्यपी त्यसपछि प्रदिप पाठक अर्का अध्यक्ष महन्थ ठाकुरको नीजी सचिवालयमा कर्यरत छन् । त्यस्तै राजेश पनि महतोको नीजी सचिवालयमा कार्यरत रहेका थिए । तर उनले आइतबार आफूले स्वकीय सविचबाट पनि राजीनामा दिएको भन्दै जनाएका थिए ।

 

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्