Logo
५ मंसिर २०८१, बुधबार
(March 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसको भावना अनुसार संविधान संशोधन गराउन कांग्रेस तयार छ : शेरबहादुर देउवा

जनकपुरधाम : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको भावना अनुसार हुने संविधान संशोधनका लागि आफू सदैव तयार रहेको बताएका छन् ।

आफू प्रधानमन्त्री भएको बेला संविधान संशोधनको प्रयास गरेपनि यसमा सफलता प्राप्त गर्न नसकिएको उनले बताए । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने गरी विधेयक ल्याएको भन्दै उनले आपत्ति जनाए ।

‘कांग्रेस विगतमा पनि संशोधनको प्रयास गरेकै हो’ जनकपुरधाममा शनिबारदेखि शुरु भएको जनकपुर कला साहित्य र अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘मधेसको भावना अनुसार हुने संविधान संशोधनलाई कांग्रेसले पुरै सहयोग गर्छ ।’

कांग्रेस सभापति देउवाले मुलुकमा संघीयता अपरिहार्य रहेको बताउँदै संघीयताबाट मुलुक पछि हट्न नसक्ने बताए । ‘संघीयतालाई कसैले चाहेर पनि खोस्न सक्दैनन्’ उनले भने, ‘संघीयता नेपालको आवश्यक्ता र वास्तविकता दुवै हो ।’

 

प्रकाशित मिति: Mar 2, 2019

प्रतिक्रिया दिनुहोस्