Logo
९ माघ २०८१, बुधबार
(March 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक र चिन्ताजननक

काठमाडौंं : पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यान्तै चिन्ताजनक रहेको छ । ८३ वर्षीय अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । बिहीबारदेखि अचेत अवस्थामा रहेका उनको धुम्बाराही स्थित ह्याम्स अस्पतालमा बिगत तीन हप्तादेखि राखिएको छ।

श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि २३ पुष देखि उनलाई मेडिसीटी अस्पतालमा राखिएको थियो । बुवाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनका तीन छोरी मध्ये जेठी छोरी लुना अधिकारी  शनिबार सिक्किमदेखि  काठकाडौं आएकी पारीवारिक स्रोतले जनाएको छ । उनी बाबुलाई भेट्न अस्पताल जाँदैछन् ।

गम्भीर विरामी भएका अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई लगाएतका शीर्ष नेताले अस्पताल पुगी भेट गरिसकेको छन् ।

प्रकाशित मिति: Mar 2, 2019

प्रतिक्रिया दिनुहोस्