निर्मला पन्तको घरमा देउवा : आफु र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिवद्धता
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई भेटेका छन् । सभापति देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर परिवारसँग भेट गरेका हुन् । भेटपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज कञ्चनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरे ।
निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होइन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खबरदारी गर्ने प्रतिवद्धता गरेको छु ।’ सभापति देउवा र केन्द्रीय सदस्य एनपी साउद निर्मलाको घरमा पुगेका थिए ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो ।