सुनुवाई समितिको बैठक आइतबार सम्मका लागि पुन:स्थगित
काठमाडौँ : बिहिबार (हिजो) बस्ने भनिएको संसदीय सुनुवाई समितिको बैठक आइतबार सम्मका लागि स्थगित भएको छ । समितिले सूचना प्रकाशित गरेर बैठक आइतबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको जानकारी दिएको छ ।
हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएपछि बस्न सकेको थिएन । बिहिबारको बैठक शुक्रबार बस्ने भनिएपनि समितिले आइतबारसम्मका लागि स्थगित गरिएको सूचना प्रकाशित गरेको हो ।
बैठकमा थारु आयोग र मधेसी आयोगका प्रस्तावित अध्यक्षमाथि सुनुवाई हुने कार्यतालिका थियो । यस अघि पनि दुई पटक गणपूरक संख्या नपुगेपछि समितिको बैठक बस्न सकेको थिएन । बैठकका लागि समितिका कम्तिमा ८ सदस्य उपस्थित हुनुपर्छ।