Logo
१० मंसिर २०८१, सोमबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन रक्षामन्त्री पोखरेल समेत तीन नेता पोखरा जाने

काठमाडौं : दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ ।

मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राखिएको छ । अब केहीबेरमा पोखरा लगिनेछ । उपप्रधान तथा रक्षामन्त्री पोखरेल पनि पोखरामा जानेछन् ।

त्यस्तै नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रकाशलाई पनि अन्तिम श्रद्धाञ्जली कार्यक्रमका लागि खटाएको छ । रामघाटमा अन्त्यष्टि गर्नुअघि गौतम र श्रेष्ठले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनेछन् भने पोखरेलले राष्ट्रिय झण्डा ओढाउने छन् ।

 

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्