Logo
४ मंसिर २०८१, मंगलबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयम अपनाउन भारत र पाकिस्तानलाई नेपालको आग्रह

काठमाडाैं : छिमेकी देश भारत र पाकिस्तानबीच बढ्दो तनावका विषयमा नेपालको सरकारले मुख खोलेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै वार्ता र शान्तिपूर्ण माध्यमद्वारा समस्या समाधानका लागि आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तानवलाई लिएर नेपाल सरकार चिन्तित छ । उक्त घृणित कार्यको हामीले निन्दा गरिसकेका छौं ।

सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहन्छ । साथै दुवै पक्षलाई अधिकतम संयम अपनाउन र यस क्षेत्रमा शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह अर्दछ ।

साथै तनावलाई कम गरेर स्थिति सामान्यिकरण गर्नका लागि वार्ता र शान्तिपूर्ण माध्यममार्फत समाधान खोज्न पनि आग्रह गर्दछौं ।’

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्