हाँस्दै अनुगमन गरिरहेका अवस्थामा खिचिएको मन्त्री अधिकारीको तस्बिर अन्तिम बन्न पुग्यो
काठमाडौँ : हेलिकप्टर दुर्घनामा पर्नुअघि नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले चुनडाँडामा संभावित विमानस्थलको अनुगमन गरेका थिए ।
त्यतिबेला हाँस्दै खिचिएको तस्बिर नै उनको अन्तिम बन्न पुग्यो । सम्भावित विमानस्थलको अनुगमनपछि मन्त्री अधिकारीको टोली पाथिभरा मन्दीरको दर्शन गर्न उडेको थियो ।
त्यहीबेला उनको समूह हेलिकोप्टर दूर्घटनामा परेको थियो । त्यसलगत्तै सरकारले नेपाली सेनाको उद्धार टोली त्यसतर्फ पठाउन निर्देशन दिएको थियो ।
दुर्घटनामा परी रविन्द्र अधिकारी, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन, आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण, हेलिकप्टर क्याप्टेन : प्रभाकर केसीको दुर्घटनामा मृत्यु भएको थियो ।