Logo
२३ भाद्र २०८१, आईतबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको तारेढुंगा भीरमा ठोक्किएर दुर्घटना

ताप्लेजुङ : ताप्लेजुङबाट काठमाडौं फर्किंदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगाको भीरमा ठोक्किएर दुर्घटनामा परेको छ ।

हेलिकोप्टरमा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीसँगै एक चर्चित पर्यटन व्यवसायी समेत सवार थिए । मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण गरेर फर्किंदै थिए। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सुरक्षाकर्मीहरु घटनास्थलमा गइरहेको र त्यहाँबाट रिपोर्ट आएपछि मात्रै घटनाको बारेमा विस्तृत थाहा हुने बताए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० को फुरुम्बुको सिस्नेखोलाको तारे ढुंगा भिरमा ठोक्किएर हेलिकोप्टर आगलागिमा परेको हो ।स्थानीय जंगलमा घाँस काट्न गएका एक व्यक्तिले हेलिकोप्टर दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली दुर्घटनास्थल तर्फ प्रस्थान गरेको छ ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्