Logo
४ मंसिर २०८१, मंगलबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजिक संजालमा मधेशीप्रति अपशब्दको वर्षा : ‘वीरगन्जमा प्रर्दशन गर्ने सबै बिहारी तथा मोदीपुत्र’

काठमाण्डौ : भारत र पाकिस्तानबीचको विवाद भइरहेका बेला नेपालका मधेशी टार्गेटमा परेका छन् । प्रदेश २ स्थित विरगँजमा राजपा आवद्ध युवाहरुले भारतमा भएको आतंकवादी हमलाको विरुद्धमा प्रदर्शन गरेपछि समाजिक सँजालमा मधेशी विरुद्ध गाली र अपशब्दको प्रयोग भइरहेको हो ।

भारत स्थित जम्मु काश्मिरमा केहि दिन अघि भएको आतंकवादी हमलाको जवाफमा भारतीय वायु सेनाले मंगलवार पाकिस्तानी भूमीमै पसेर आक्रमण गरेकै दिन वीरगन्जमा मधेशी मूलका नेपालीहरुले प्रदर्शन गरेको समाचार प्रकाशित भएपछि मधेशीहरुलाई तथानाम गाली, अपशब्द प्रयोग हुन थालिएको हो ।

प्रदर्शनमा सहभागीले आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद, आतंकवादविरुद्ध भारत हामी तिम्रो साथमा छौँ, नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

यसैलाई लिएर आफ्नै देशका नागरिकहरुले मधेशीलाई बिहारी, धोती र भारतीय दलाल भन्दै समाजिक सञ्जालमा टिकाटिप्पणी गरेका छन् ।

एक समाचार उपर समाजिक संजालमा आएका हेर्नुस् नमुना टिप्पणी तथा प्रतिकृयाहरु :

 

 

 

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्