Logo
५ मंसिर २०८१, बुधबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना प्रविधि विधेयकबाट फेसबुक प्रतिबन्ध हटाउन कांग्रेसी सांसदहरुको संशोधन प्रस्ताव

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसका १४ जना सांसदले सूचना प्रविधि विधेयकबाट सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था नै हटाउन संशोधन दर्ता गराएका छन्। विधेयकमा आठवटा संशोधन दर्ता भएको छ।

विधेयकको दफा ९१ देखि ९४ सम्म रहेको सामाजिक सञ्जाल सम्बन्धी सबै व्यवस्था हटाउन सांसदहरु गगन थापा, दिलेन्द्रप्रसाद बडू, बहादुर सिंह लामा, रंगमति शाही, डिला संग्रौला, सुजाता परियारलगायतले संयुक्त रुपमा संशोधन गर्दा गरेको संसद सचिवालयले जनाएको छ।

विधेयकमा सामाजिक सञ्जाल नेपालमै दर्ता हुनुपर्ने, सरकार तथा गैर सरकारी संस्थाले सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा जथाभावी लेखे पाँच वर्ष जेल र १५ लाखसम्म जरिवान हुने व्यवस्था गरिएको छ।

सामाजिक सञ्जाललाई नियमन गर्न भन्दै सरकारले विधेयक ल्याए पनि प्रतिपक्षी कांग्रेसले नागरिकको अभिव्यक्ति खुम्चने भन्दै त्यो व्यवस्था नै हटाउन प्रस्ताव गरेको हो।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्