भारतीय प्रधानमन्त्री मोदीले धोए सफाई कर्मचारीकाे खुट्टा (भिडियो)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार उत्तरप्रदेशको एक दिवसिय दौडमा सहभागी भए । उनले प्रयागराजमा चलिरहेको कुम्भ मेलामा डुबुल्की मार्गै गंगा माताको पूजा अर्चना गरे । सोही समारोहमा प्रधानमन्त्री मोदीले एकजना सफाई कर्मचारीको खुट्टा धोएर उनीप्रति आभारी व्यक्त गरे ।
मोदीले एउटा कार्यक्रममा सफाई मजदुरहरुको सम्मानका हुन् । मोदीले पित्तलको थाल राखेर कामदारहरुको खुट्टा धाेएका हुन् । उनले पालैपालो ती कामदारहरूको मिचिमिचि खुट्टा धोएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ ।
खुट्टा धोइसकेर उनले कामदारलाई निहुरिएर प्रणाम गरे । यति मात्र होइन, सफा तौलियाले खुट्टा पनि पुछिदिए । यी ककामदार कुम्भ मेलाको आयोजनामा खटिएका थिए ।
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गान्धीपछि कुनै नेताले जनताप्रति यति ठूलो समर्पण देखाएको भन्दै यसर्लाइ नयाँ युगको सुरुवातका रुपमा व्याख्या गरेका छन् । भारतमा तीन महिनापछि लोकसभा चुनाव हुँदैछ ।
भिडियो :
प्रधानमंत्री मोदी जी द्वारा कुम्भ में सफ़ाई कर्मचारियों के पैर धोना न सिर्फ़ उनकी संवेदनशीलता को दर्शता है बल्कि यह सामाजिक समरस्ता के प्रति उनके समर्पण का भी प्रतिबिंब है।
देश ने गांधी जी के बाद पहली बार किसी जन नेता में इस तरह का समर्पण भाव देखा है, यह एक नये युग की शुरुआत है। pic.twitter.com/5CbHnborP5
— Amit Shah (@AmitShah) February 24, 2019