Logo
४ मंसिर २०८१, मंगलबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक इभानले दिए राजीनामा

क्यालिफोर्निया : सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएका छन् । उनले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताएका छन् ।

हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।

विलियम्स सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापि कार्यसमितिका सदस्य थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।

कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्