पार्टी कार्यालय सानेपामा नेविसंघ कार्यकर्ताबीच झडप, केन्द्रीय कार्य समितिको बैठक प्रभावित
काठमाडौं : नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघ कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण आज बस्ने भनिएको पार्टी केन्द्रीय कार्य समितिको बैठक प्रभावित बनेको छ । झडप भएपछि सुरक्षाका लागि प्रहरीको संख्या बढाइएको छ ।
दिउँसो १२ बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन । बैठकमा पार्टीको विधानका विवादित विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । यसअघि पटक-पटक बसेका केन्द्रीय समिति बैठकमा विधान र महासमिति बैठकले पारित गरेका निर्णय कार्यान्वयबारे छलफल भए पनि टुङ्गोमा पुग्न नसक्दा आइतबार पनि त्यही विषयमा छलफल हुन लागेको प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।