Logo
१० मंसिर २०८१, सोमबार
(February 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य चौकीदरवारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण, जेष्ठ र अपाङ्गलाई निःशुल्क सेवा

बुटवल : रुपन्देहीस्थित आनन्दवन स्वास्थ्य चौकीले ५ वर्षदेखि सञ्चालन गर्दै आएको एम्बुलेन्स चलाउन नसकेपछी तिलोत्तमा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।जिल्ला विकास समिति रुपन्देहीको ५ लाख रुपैयाँ अनुदान र स्थानीयको चन्दा सहयोगमा करिव १० लाख रुपैयाँमा खरिद गरेको एम्बुलेन्स चलाउन नसकेपछी स्वास्थ्य चौकीले नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

एम्वुलेन्सको आम्दानीबाट त्यसैको खर्च चलाउन समस्या भएको र पटक पटक दुर्घटना हुँदा थप व्ययभार व्यर्होनु परेकाले सञ्चालक समितिको बैठकबाट निर्णय गरेर नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको स्वास्थ्य चौकीका ईञ्चार्ज केशव गिरीले जानकारी दिए । नगरपालिकाले एम्बुलेन्सको मर्मत सम्भार गरेको छ ।

करिव २ लाख रुपैयाँ खर्च गरी एम्बुलेन्स मर्मत गरेकाले चालकको व्यवस्था गरेर छिट्टै सञ्चालन गर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीराम बञ्जाडेले बताए ।  एम्बुलेन्स सञ्चालनका लागि कार्यपालिका सदस्य राधा शाहीको संयोजकत्वमा समिति समेत बनाइएको छ ।

एम्बुलेन्स सञ्चालन समितिकी संयोजक शाहीले तिलोत्तमा नगरपालिकाका महिलाहरु सुत्केरी हुन तथा ७५ बर्ष पुरा भएका जेष्ठ नागरिक र अपाङ्गलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यबिधि बनाएको बताए । उनले अन्यका हकमा भने न्युनतम् ५ सय रुपैयाँ र प्रतिकिलोमिटर ४० रुपैयाँ तोकिएको जानकारी दिए ।

प्रकाशित मिति: Feb 21, 2019

प्रतिक्रिया दिनुहोस्