नेपाली काँग्रेसका सभापति देउवाको प्रशन : शेखर कोइरालाको हैसियत के ?
काठमाडौं : नेपाली कांग्रेस भित्र शीर्ष नेताहरुबीचको विवाद सतहमा आएको छ । सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालाको नाम सार्वजनिक समारोहमै लिँदै पार्टी भित्रको हैसियतबारे प्रश्न उठाएका छन् ।
बुधबार वीरगञ्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले भने, ‘त्यो शेखर जथाभावी बोल्दै हिँड्ने ? के हैसियत छ ?’
गत शनिवार वीरगन्जमा एकै मञ्चमा उपस्थित भएर कोइराला परिवारका तीन नेताहरु महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरु भावी नेतृत्वका लागि एकजुट भएको बताएका थिए ।