बुधबार सुनको मूल्यले भेट्याए ५ वर्षअघिको ‘रेकर्ड’
काठमाडौं : बुधबार सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय पुगेको छ । तोलामा ६ रुपैयाँ बढ्दै सुनको मूल्यले बुधबार पाँच वर्षअघिको‘‘रेकर्ड’ भेट्याएको हो ।
मंगलबार प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ६३ हजार ३ सय पुगेको हो । यसअघि ०७० भदौ १२ गते सुनको भाउ ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य यो नै हालसम्मको उच्च हो । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ८५ रुपैयाँ पुगेको छ ।