Logo
५ मंसिर २०८१, बुधबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्ति सुरक्षा कायम गर्न सरकार सफल, अपराधी खोजमा उदासिनता देखाउने प्रहरीमाथि कार्वाही

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन् । राष्ट्रियसभाको शुन्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउँदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताए ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भइरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कार्वाही भएको जानकारी गराए । उनले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धित अपराधीलाई कानुनी कठघरामा ल्याइएको बताए। सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आइसकेको भए पनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार गरे ।

उनले भने ‘केही ठूला माछाहरु अझै पनि जाल भन्दा बाहिर छन् । तिनीहरुलाई समात्ने र जालमा ल्याउने प्रक्रिया जारी छ ।’ सुन काण्डका सवालमा ठूला माछा अझै नियन्त्रणमा किन आएनन् भनी सदस्यहरुले राखेको जिज्ञासा स्पष्ट नभएको भन्दै उनले भने, ‘ठूला माछा भनेर कसलाई भन्न खोज्नुभएको हो? अलि स्पष्ट भएन । मन्त्रीहरुप्रति इंकित हो कि? कुनै राजनीतिक नेतृत्वलाई इंकित गर्न खोज्नुभएको हो कि?’ थापाले विभिन्न सांसदहरुले राखेको जवाफसमेत दिएका छन् ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्