Logo
५ मंसिर २०८१, बुधबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरम र एजेण्डाबारे समितिमा विवाद, २४ सदस्यीयमा ११ जना मात्रै भए उपस्थित

काठमाडौं : संसदीय समितिमा छलफलको एजेण्डाबारे समिति सदस्य र सभापतिबीच भनाभन भएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सभापति विमल श्रीवास्तव र समिति सदस्यहरुबीच छलफलको एजेण्डालाई लिएर भनाभन भएको हो ।

समितिका बैठकहरुमा सदस्यहरुको उपस्थिति न्यून बन्दै गएपछि समय समयमा उपस्थिति संख्याबारे आवाज उठ्दै आएको छ । यसअघि उपस्थितिलाई लिएर सामान्य प्रश्न राख्ने गरिएको भएपनि विहिबार भने समिति सदस्यहरुले सभापतिप्रति आक्रमक ढंगले प्रस्तुत भए ।

सभापतिले त्यस्तै शैली अपनाएपछि बैठककक्ष केहीबेर तनाबपूर्ण बन्यो । २४ सदस्यीय समितिमा ११ जना मात्रै उपस्थित थिए । सभापतिले निर्णयका लागि मात्रै कोरम नपुगेको तर बैठक सञ्चालनका लागि पुगेको भन्दै सदस्यहरुलाई बैठक सुचारु गराउन गरेको आग्रहका बाबजुत उपस्थित केही सदस्य पनि बैठक कक्षबाट बाहिरिएका थिए । त्यसपछि बैठक अनौपचारिक छलफलमा सिमिति बन्यो ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्