Logo
१५ कार्तिक २०८१, बिहीबार
(August 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक सुधार नगरी सवारी नचलाउन मन्त्री लेखकसँग माग

Rmesh Lekhak News

काभ्रेपलाञ्चोक, १२ भदौ ।  दुर्घटनामा मृतकका परिवार एवम् स्थानीयवासीले दोलालघाट–बिर्तादेउराली–कात्तिके देउराली सडक सुधार नगरी सवारी नचलाउन मन्त्री लेखकसँग माग गरेका छन् । यो क्षेत्रमा अरनिको यातायातको एकाधिकार भएकाले अरू सवारी नचल्दा एउटै सवारीमा क्षमताभन्दा बढी यात्रु कोचिन बाध्य हुनुपरेको स्थानीय सरस्वती गौतमले बताए ।

दुर्घटनामा प्रेमविवाह गरेकी श्रीमती सीता परियार बर्देवालाई गुमाएका स्थानीयवासी रमेश बर्देवाले आफ्ना दुई बच्चा टुहुरा भएजस्तो अरू बच्चाले टुहुरा नहुने गरी यातायात क्षेत्रको नीति निर्माण गर्न मन्त्री लेखकसँग माग गरे । “बिना राजनीतिक पूर्वाग्रह दुर्घटनामा मृत्यु भएका परिवारलाई दिइने क्षतिपूर्ति दिइनुपर्छ, पीडित परिवारको व्यवस्थापनका लागि क्षतिपूर्ति छिटो दिइनु जरुरी छ, घाइतेको उपचार पनि राम्रोसँग गरियोस्”–उनले भने ।

दुर्घटनामा दुई दर्जनभन्दा बढीको निधन भएपछि सामान लगेका परिवार शोकमा डुबेकाले सामान घटनास्थलमै छरपस्ट बनेको हो । अरनिको यातायातका सवारीबाहिर रङ लगाएर आकर्षक देखिने गरेपनि भित्र इन्जिन बिग्रिएर काम नगर्ने अवस्थामा पुग्ने अनुभव गरेपछि मानसिक अशान्तिले आफूले चालक पेसा नै छोडेर बसेको स्थानीयवासी हरि बाँस्कोटाको भनाइ छ । “डाँडाकाँडाको यो अप्ठ्यारो बाटोमा कन्डिसनका सवारी चलाइनुपर्छ, अनुभवी चालकलाई सवारी चलाउन दिनुपर्छ, अल्लारे चालकलाई होइन”–उनले भने ।

“एउटै यात्रुवाहक सवारीमा कोचाकोच यात्रु, सिमेन्ट, चामल, जस्ता र रडजस्ता सामान हालिएको, सवारीको क्याबिनमा केटी राखिएको र चालकको पनि गल्तीले दुर्घटना भएको घाइतेको गुनासो छ”–उनले भने । सवारीमा क्षमताभन्दा बढी यात्रु, सामान किन राखेको भनी स्थानीयवासीले चालकसँग कुरा राख्दा ‘ओर्लेर जा’ भन्ने गरेको कोसीपारिवासीको गुनासो छ । साउन ३१ गतेको दुर्घटनाका दिन पनि क्याबिनमा तीनजना केटी राखिएको थियो । बस पल्टिएपछि चालक अर्जुन गौतमले एउटी केटीलाई समातेर लिएर भागेको घाइतेले देखेको स्थानीयवासीको भनाइ छ ।

नेपालमा मृत्युको चौथो कारण सडक दुर्घटना बन्ने गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा दुई हजार छजनाको दुर्घटनामा मृत्यु भयो । दैनिक २३ घटनामा छजना मर्ने गरेको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ ।  सवारीसाधन सञ्चालनका लागि आवश्यक पर्ने मार्ग अनुमतिपत्र रुट परमिट अब जिल्ला प्रशासन कार्यालयबाटै पाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवस्था कार्यालयबाट लिनुपर्ने ‘रुट परमिट’ सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै लिन सकिने व्यवस्था गरेका हुन् ।

साउन ३१ गते सोमबार दोलालघाटबाट कात्तिके देउरालीतर्फ आइरहेको बा ३ ख १०६ नम्बरको यात्रुवाहक बस बिर्ता देउराली–९, खहरेमा दुर्घटना हुँदा २६ जना यात्रुको घटनास्थल र एक जनाको उपचारका लागि काठमाडौँ लैजाने क्रममा हेलिकप्टरमा राखिसकेपछि निधन भएको थियो ।  जिल्लाका सडकको अवस्था र यात्रुलाई सहजरुपमा यात्रा गराउन कुन ठाउँमा कति सवारी चाहिन्छ भन्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुने भएकाले दुर्घटना रोक्न पनि यस्तो निर्णय प्रभावकारी हुने विश्वास गरिएको छ ।

घटनाको १३औँ दिन शनिबार कात्तिके देउरालीमा आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री लेखकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई ‘रुट परमिट’ दिने अधिकार दिएपछि सडकका कारण हुने दुर्घटना रोकिने बताए ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्